२०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023

काभ्रेमा विप्लप समुहको कार्यकर्ता पक्राऊ


१४४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक २६, बुधबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले नेकपा विप्लब समुहको कार्यकर्तालाई पक्राउ गरी आवस्यक अनुसन्धान सुरु गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी) विप्लप समुहमा आवद्ध रही काभ्रेमा रहेका प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरु समेतलाई फोन गरी धाकधम्की दिई चन्दा माग गर्ने गरेको भन्ने सूचनाको आधारमा खोजविनको क्रममा धुलिखेल नगरपालिका वडा नं. १२ शंखुपाटीचौर एक्लेखेत घर हुने मधुसुधन बजगाईलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेबाट आज (बुधबार) प्रहरी टोली परिचालन गरी खोजतलासको क्रममा बजगाईलाई फेला पारी प्रहरी टोलीले सोधपूछ गर्ने क्रममा निजले प्रहरीले सोधपूछ गर्दा सोधिएको कुराको जवाफ नदिई उल्टै प्रहरी टोली माथि अपशव्द प्रयोग गरि प्रहरीको काम कर्तव्यमा बाधा अवरोध सृजना गरि अभद्र व्यवहार गरेको हुँदा निजलाई तत्काल कानुन बमोजिम पक्राउ गरी “मुलुकी अपराध संहिता,२०७४“ को परिच्छेद ५ कोसार्बजनिक हित स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्ध कसूर अन्तर्गत मुद्दा दर्ता गरी आजै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई बजगाई उपर थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु