२०८० मंसिर २३, शनिबार | Sat, 09, Dec, 2023

सिंचाईको बाँध बनाउन लवग्रीनको सहयोग


१४४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक २६, बुधबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । काभ्रे पाँचखालका कृषकहरुको हितको लागि विगत लामो समयदेखि निरन्तर रुपमा अगाडी बढेको लवग्रीन नेपालले सिंचाईको लागि लगाएको बाँध २०७५ सालको बाढीले बगाएर क्षती पुर्याएकोले बनाईदिने भएका छन् ।

    मंगलबार पाँचखाल नगरपालिका वडा नं २ को वडा कार्यालयमा वडा अध्यक्ष हरिराम खतिवडाको रोहवरमा भएको छलफलमा लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालिले वडा नं. २ मा पर्ने डाईनेटार सिंचाई कुलोको बाँध मर्मत गर्न संस्थाले १५ लाख उपलब्ध गराउने बताउनु भयो ।

    जाईकाको सहयोगमा लवग्रीन जापान मार्फत लवग्रीन नेपाल व्दारा पाँचखाल नगरपालिकाको सहकार्यमा संचालित वातावरण मैत्री एकीकृत दिगो कृषि विकास परियोजना अन्तर्गत सो बाँधको उपभोक्ता समितिबीच वडा नं. २ का वडा अध्यक्षको रोहबरमा सम्झौता भएको थियो ।

    उक्त बाँघ मर्मतकालागि संस्थाले रु. १५ लाख र वडा नं. २ को कार्यालय मार्फत रु. १० लाख ८० हजार खर्च गरिने गरिने भएको छ । सम्पूर्ण मर्मत कार्य उपभोक्ता समितिले गर्ने र सो को अनुगमन संस्था, वडा कर्यालय र पाँचखाल नगरपालिका बाट गरिने उल्लेख भएको छ । उक्तबाँध२०७५ सालको बाढीले क्षति ग्रस्त बनाएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु