२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुख्खा पहिरोले पुर्दा ६४ बर्षिय महिलाको अवस्था चिन्ताजनक


२७५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक २८, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । काभ्रे जिल्ला पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्ले बजारमा मोहन श्रेष्ठले निर्माण गर्दै गरेको घरमाथिबाट सुख्खा पहिरो झर्दा सोही स्थान बस्ने बर्ष ६४ को सानिकान्छि परियारको चिन्ता जनक अवस्थामा रहेको छ ।

    घर निर्माण कार्यको लागि आज (शुक्रबार) विहानैबाट बा.२ .क १९७८ र बा.२ क. ८२१६ नं को जेसिवि मेसिन प्रयोग गरेको सानिकान्छि परियारको श्रीमान कृष्ण परियारले बताउनु भयो । पति परियारका अनुसार मोहन श्रेष्ठले बनाउंदै गरेको घरको जग भन्दा ४० फिट माथि आफ्नो घर भएको र डोजर चलाउंदा पहिरोले आफ्नो घर जोखिममा पर्ने भन्दै गर्दा अटेर गरि डोजर चलाउंदा घटना घटेको बताउनु भयो ।


    मोहन श्रेष्ठले खार्दे गरेको घरेडी भन्दा ४० फिट माथि रहेको कृष्ण परियारको घर र घरको नजिकै रहेको शौचालयमा शौच गर्न जाँदा पहिरो खस्दा पहिरोले कान्छि परियारलाई पुरेको थियो । दिउंसो १ बजे झरेको पहिरोले पुरेको कान्छि परियारको शव दिउंसो २/३० मा फेला परेको थियो । पहिरोले पुरेको कान्छि परियारलाई खोज्न बा.२.क. १९७८ को जेसिवि प्रयोग गरेको थियो ।

    घटना घटेको जानकारी हुनासाथ पाँचखाल प्रहरी चौकिका प्रमुख राजेश अधिकारीको नेतृत्वमा आएको प्रहरी टोलिले पाँचखाल स्थित सशस्त्र प्रहरीको उद्दार टोलीसंग सहयोग मागेपछि सशस्त्रका इनिक्सपेक्टर विजय हमालको नेतृत्वमा आएको प्रहरी टोलिले उद्धार कार्यमा सहयोग गरेको थियो ।घटनास्थलबाट उद्दार गरी सानिकान्छि परियारलाई अस्पताल तर्फ लगिएपनि अवस्था गम्भरि चिन्ताजनक अवस्थामा रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार