२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

आर्थिक हिनामिनाको अभियोग लागेका प्रअ विद्यालयबाट बाहिरिय


७८३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर ५, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं ३ चोलानाथमा रहेको पञ्चकन्या आधारभुत विद्यालयका प्रधानाध्यापक श्रीमान कर्माचार्य बिद्यालयबाट बाहिरिएका छन् ।
    विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै गर्दा एम.जि.एम.एल को १ लाख आर्थिक हिनामिना गरेको अभियोगमा २०७४ साल कार्तिक ३० गते तत्कालिन वि.व्य.स.सदस्य सञ्जय धोजु श्रेष्ठले अख्तियारमा ७५४९ नंमा अभियोग दर्ता गराएका थिए । त्यसैगरी सोहिदिन सतर्कता केन्द्रमा २६९ नं मा अभियोग दर्ता गराएका थिए ।
    अख्तियार र सतर्ककता केन्द्रमा अभियोग दर्ता गराएपनि हाल सम्म सो विषयमा कुनै निर्णय भएको जानकारी प्राप्त नभएको अवस्थामा मंसिर ३ गते आफुले सम्हाल्दै आएको प्रधानाध्यापकको जिम्मेवारी विद्यालयका शिक्षीका अनुसोभा श्रेष्ठलाई प्रदान गर्दै बाहिरिएको स्रोतले जनाएको छ ।
    विद्यालय स्रोतका अनुसार आधारभुत विद्यालयको प्रधानाध्यापक हुनको लागि स्नातक वा सो सरहको योग्यता हुनुपर्ने प्रवधान रहेता पनि एस.एल.सि मात्रै उतिर्ण शिक्षीका अनुसोभा श्रेष्ठलाई प्रधानाध्यापकको जिम्मेवारी प्रदान गर्दै स्नातक तहका शिक्षकलाई पन्छाउने कार्य गरेका छन् ।
    विद्यालय सञ्चालनको बिषयमा विद्यालयका शिक्षकलाई गालिबेजति गरेको अभियोगमा जिल्ला अदालत काभ्रेले २०७५ साल चैत्र ४ गते फैसला गर्दै दुई हजार जरिवाना र अभियोग पत्र दर्ता गराउने शिक्षकलाई १ हजार क्षतिपुर्ती दिनुपर्ने फैसला गरेको थियो । सो फैसलाको कार्यान्ययन समेत नगरी उमेर हदबन्दिको कारण विद्यालयबाट बाहिरिएका छन् कर्माचार्य ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार