२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

सुनको भाउ तोलामा १५ सयले बढ्यो


२००६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • २३ मंसिर, काठमाडौं । सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ । सोमबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार ९४ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबारको कारोबारका लागि महासंघले तेजाबी सुनको भाउ ९३ हजार ६५० रुपैयाँ तोकेको छ । यस्तै चाँदीको भाउ पनि सोमबारको तुलनामा तोलामा ३० रुपैयाँले बढेर १२३५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजार मूल्यकै कारण नेपालमा पनि सुनको भाउ बढेको महासंघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार