२०८० मंसिर २३, शनिबार | Sat, 09, Dec, 2023

काभ्रेली चेली भक्तपुमा मृत अवस्थामा भेटियो, अनुसन्धानको लागि सातजना पक्राऊ


२०४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर २७, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे/ चाँगुनारायण फूलबारीमा एक महिला मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ।

    चाँगुनारायण नगरपालिका–४ फूलबारीस्थित मिनबहादुर खत्रीको घरमा डेरा गरी बस्ने काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–३ की ४३ वर्षीया अन्तरीमाया थिङ बिहीबार साँझ साढे ६ बजे मृत अवस्थामा फेला परेकी थिइन्।

    उक्त घटनाको अनुसन्धानको क्रममा सोही घरमा डेरा गरी बस्ने सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताए।

    नियन्त्रणमा लिइएकाहरुको परिचय भने सार्वजनिक गरेको छैन। घ’टनाको अनुसन्धान भइरहेकाले उनीहरुको परिचय सार्वजनिक नगरेको प्र’हरी निरीक्षक बुढाथोकीले बताए। घ’टनाबारे जानकारी प्राप्त भएपछि प्रहरी अधिकृतसहितको टोली घ’टनास्थल पुगेर अनुसन्धान गरेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु