२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा ३८ तोला सुन चोरेको अभियोगमा काभ्रेका पाँच युवा झ्याप


२९४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • २८ मंसिर, काठमाडौं । प्रहरीले ३८ तोला सुनको गहना चोरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका- २ की माइली तामाङको घरबाट गहना चोरेर फरार भएका काभ्रेका ५ युवालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ का २७ वर्षका देवराज दाहाल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ का २४ वर्षका रामचन्द्र चालिसे, काभ्रेको धुलिखेल नगरपालिका-१ का २३ वर्षका राम तामाङ, धुलिखेल-७ का १८ वर्षका हुइबहादुर तामाङ र धुलिखेल- १ का १८ वर्षका राजन तामाङ रहेका छन् ।

    माइली तामाङको घरबाट गहना र पैसा हराएपछि प्रहरीले खोजी गर्दा उक्त टोलीलाई काठमाडौंको ड्रागन डिस्कोमा फेला पारेको थियो । उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको महानगरीय प्रहरी परसर काठमाडौंले जानकारी दिएको छ ।

    प्रहरीले उक्त घटनाको मुख्य योजनाकार राजन तामाङ रहेको बताएको छ । प्रहरीले ओखलढुंगाका देवराज दाहालबाट२३७ ग्राम र रामचन्द्र चालिसेको साथबाट २१० ग्राम सुनका गहना बरामद गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार