२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

धुलिखलमा रेडक्रसको प्रतिकार्य तालिम सम्पन्न


३६८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष ११, शनिबार मा प्रकाशित ३ साल अघि
  • प्रदिप केसी

    धुलिखेल / विपदका समयर्मोे प्रतिकार्यका लागि जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित तालिम संचालन भइरहेको छ ।नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको आयोजना तथा रेडक्रस केन्द्रीय कार्यालयको समन्वयमा ६ दिने जिल्ला विपद प्रतिकार्य समूह तालिम संचालन भएको हो गत बुधबारबाट धुलिखेलमा संचालन भइरहेको तालिममा विभिन्न उपशाखा तथा जिल्ला शाखाका कुल २९ जना सहभागी रहेका छन् ।

    नेपाल रेडक्रस सोसाइटी काभ्रे अध्यक्ष समुन्द्रलाल श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा केन्द्रका उपनिर्देशक रुद्र अधिकारी, जिल्ला शाखाका सचिव पुष्पा बस्नेत कोषध्यक्ष महेश्वर जंगम, विष्णुमणि नेपाल ,जिल्ला शाखा सदस्य राजु सिग्देल,शिवराम आचार्य परियोजना प्रमुख शिब सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

    तालिमकार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रका निर्देशक विपुल न्यौपानेले रेडक्रस मानवियतामा आधारित संस्था भएका कारण लाभाग्राहीहरुसँगको व्यवहार मानवीयतामा आधारित हुनुपर्ने बताए । रेडक्रसकर्मीले आचारसंहितालाई भूल्ननहुने बताउँदै तालिम सफलताको शुभकामना दिएका थिए । तालिमको शेखर रेग्मीको संयोजकत्वमा मनोज थोकर,राजेन्द्र्र रोकाहा, भरत प्र कोइराला, निर्जला के.सी लगायतले सहजीकरण गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार