२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

३ दिन आंशिक बदली, बाक्लो हुस्सु लाग्ने


२९८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष ११, शनिबार मा प्रकाशित ३ साल अघि
  • ११ पुस, काठमाडौं । तीन दिनसम्म देशैभरको मौसममा आंशिकरुपमा बदली हुने र तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् ।

    आज शनिबार सुदूरपश्चिम, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम, आइतबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश र सोमबार प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा मौसम बदली हुने अनुमान छ ।

    शनिबार पनि तराईमा बाक्लो हुस्सु र अत्यधिक चिसो छ । जसका कारण वायुको पारदर्शितामा कमी भएकोले सडक यातायात र हवाई सेवासमेत प्रभावित हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यस्तो बेलामा यात्रा तय गर्दा सतर्कता अपनाउनसमेत महाशाखाले सचेत गराएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार