२०८१ कार्तिक २३, शुक्रबार | Fri, 08, Nov, 2024

रेडक्रसको प्रतिकार्य तालिम सम्पन्न


३१९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष १४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • प्रदिप केसी

    धुलिखेल/ जिल्ला विपद प्रतिकार्य समूह तालिम धुलिखेलमा सोमबार सम्पन्न भएको छ । विपदका समयमा प्रतिकार्य गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रपलाञ्चोकले रेडक्रस केन्द्रीय कार्यालयको समन्वयमा तालिम सञ्चालन भएको हो ।

    तालिममा काभ्रेपलाञ्चोक जिल्ला शाखा अन्तर्गतका २९ उपशाखाका २९ जना स्वयं सेवकहरुको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रे पलाञ्चोकका सभापति समुन्द्रलाल श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक रुद्र अधिकारी, जिल्ला शाखाका सचिव पुष्पा बस्नेत, कोषध्यक्ष महेश्वर जंगम, विष्णुमणि नेपाल, जिल्ला शाखा सदस्य राजु सिग्देल, शिवराम आचार्य, खरिबाेट उपशाखाका सभापती प्रदीप के. सी. मन्तब्य ब्यक्त गर्नुभएकाे थियने भने समुदायमा आधारित जोखिम न्यूनिकरण परियोजना प्रमुख शिब सुवेदीले कार्यक्रम संचालन गर्नुभएकाे थियो ।

    तालिमकार्यक्रमको अुनगमन नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका निर्देशक विपुल न्यौपाने गर्नुभएको थियो । तालिममा शेखर रेग्मीको संयोजकत्वमा मनोज थोकर, राजेन्द्र रोकाय, भरत प्रसाद कोइराला, निर्जला के.सी लगायतले सहजीकरण गर्नुभएको थियो भने ब्यस्थापन काभ्रे शाखाका कर्मचारी गाेमा तिमल्सिना हुमागाईले गर्नुभएकाे थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार