२०८१ माघ ९, बुधबार | Wed, 22, Jan, 2025

सामाजिक सञ्जालमार्फत ठगी गर्ने दुई जना पक्राउ


३३०८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष १७, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • १७ पुस, काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राम र वाट्सएपको माध्यमबाट साथी बनाएर १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा रुपन्देही मर्चवारी गाँउपालिका-४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्तकुमार उपाध्याय रहेका छन् ।

    उनीहरूले इन्स्टाग्राम र वाट्सएपमा फेक आइडी मार्फत सम्पर्क गरी आफूलाई नेदरल्याण्डको नागरिक र केमिकल इन्जिनियर हुँ भन्दै आईफोन ११ मोबाइल, ल्यापटप र गोल्ड लगायत बहुमूल्य सामान उपहार पठाउने प्रलोभन देखाएर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

    अनुसन्धानको क्रममा उक्त उपहार पठाउनका लागि भन्सार बापत रकम तिर्नुपर्ने भन्दै पीडितलाई विभिन्न बैंकहरूको खाता नम्बरमा पटक-पटक गरी उक्त रकम जम्मा गर्न लगाएर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

    महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा रुपन्देहीमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।

    उनीहरूलाई ठगी मुद्धामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु