२०८१ माघ ७, सोमबार | Mon, 20, Jan, 2025

घुस लिने प्रहरी लाई झ्याप


२९७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष १७, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • १७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीमा कार्यरत एकजना प्रहरी हवल्दारलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव रहेका छन् ।

    भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

    अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार सेवाग्राहीसँग लिएको उक्त घुस रकम राख्ने हरिनगर गाउँपालिका-४ का स्थानीय होटल व्यवसायी विनोद साहलाई पनि पक्राउ गरिएको छ ।

    विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले दुवै जनालाई हरिनगरा बजारबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको अधिकारीले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु