२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

श्रीमती हत्या अभियोगमा पक्राउ


२५५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष १९, आईतबार मा प्रकाशित ३ साल अघि
  • १९ पुस, काठमाडौं । काठमाडौंको कालिमाटीस्थित क्लब मार्गमा बस्ने २२ वर्षीया सुन्दास परियारको हत्या भएको छ । हत्यामा संलग्न रहेको अभियोगमा उनका श्रीमान २३ वर्षीय सुरज परियार पक्राउ परेका छन् ।

    महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार घाँटी थिचेर हत्या गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो । सामान्य विवादका क्रममा श्रीमातीको हत्या गरेको पाइएको बोहोराले बताए ।

    प्रहरीका अनुसार परियार यसअघि पनि ज्यान सम्बन्धी मुद्दामा पक्राउ परेर छुटेका व्यक्ति हुन् । उनीविरुद्ध ज्यानसम्बन्धी कसुरमा ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार