२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

श्रीमानको हत्या गरेपछि श्रीमतीले गरिन् आत्महत्या


३३११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष २५, शनिबार मा प्रकाशित ३ साल अघि
  • २५ पुस, काठमाडौं । काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छन् । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी हुन् ।

    उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका थिए । सुर्खेत घर भएका उनीहरुबीच केही दिनयता विवाद हुँदै आएको थियो ।

    गएराति उमेश बेडरुममा लडिरहेको अवस्थामा फेला परेका थिए भने श्रीमती सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उमेशको शव नजिकै रगत लागेको सिलौटोसमेत फेला परेको र उनको कानबाट रगत बगेको देखिएकाले सिलौटो प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको एक अधिकारीले बताए ।

    ‘कोठाभित्रबाट लक थियो । त्यसैले बाहिरबाट कोही गएर हत्या गरेको पनि देखिँदैन,’ ती अनुसन्धान अधिकृतले भने, ‘श्रीमानको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ ।’

    यद्यपि विस्तृत विवरण भने पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीका डिएसपी प्रमिश विष्टले घटनाबारे आफूहरुले गएराति पौने नौ बजे खबर पाएको र त्यसलगत्तै घटनास्थलमा पुगेर मुचुल्का उठाइ पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाइएको जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार