२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

पुर्व एमाले,एमाओवादी भन्ने शब्द मुर्दावाद- लम्साल


२९२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष २६, आईतबार मा प्रकाशित ३ साल अघि
  • मन्त्री हुंदा माखो नमार्ने नेता पदच्युत भएपछि सामाजिक संजाल मार्फत भ्रमको खेति गर्दैछन् । तीन बर्षसम्म ५ सय मिटर बाटो समेत पिच गर्ने नसक्नेले अरुको अगुवाईमा भएको बिकास निर्माणको जस लिन भ्रमको खेती गर्दैछन् ।

    काभ्रे । तीन बर्ष सम्म सिंहदरवारको वरिपरि रहेर आफ्नो पावर देखाउदै ठुलै नेताको संज्ञा दिदै हिडेरका नेताले आफ्नो क्षेत्रको बिकासको लागि माखो मार्न सकेनन् जव पद च्युत भयो तव सामाजिक संजालमा भ्रमको खेती गर्दैछन् ।

    उक्त भनाई बाग्मती प्रदेशका सांसद लक्ष्मण लम्सालले पाँचखालमा आयोजित नेकपाको अगुवा कार्यकर्ता भेलाको क्रममा बताउनु भएको हो । पुर्व संचार मन्त्री गोकुल बाँस्कोटातर्फ लक्षीत गर्दै उहाँले उक्त धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा सांसद लम्सालले थप्नुभयो मन्त्रीको पद सम्हालिरंहंदा तीन बर्ष सम्म ५ सयमिटर बाटो पिच गर्न नसक्ने नेताले सामाजिक संजालमा मैले धेरै विकास गरे भनेर झुटको खेती गर्दै गरेका छन् । “कुराले चिउरा भिज्दैन” चिउरा भिजाउन दहीनै चाहीन्छ, काभ्रेली जनता त्यति लाटा छैनन्, झुटको खेती गरीरंहा पत्याएर लुरुलुरु पछिलाग्ने ।

    केपी ओलीको कारण पार्टी संगठनलाई शोक परेको छ, संगठनमा आबद्ध साथीहरुलाई विगतको भन्दा कम उत्साह भएको आभास भएकोछ, तर आदर्श व्यक्तित्वहरु हाम्रा विचमा भएकोले चिन्ता गर्नुपर्ने अवस्था नरहेको लम्सालले बताउनु भयो । काभे्रली जनताले काभ्रेको हितको खातिर कार्यगर्न सिंहदरवार पठाएका थिए तर जनचाहना विपरित कार्य गर्दै भ्रष्टाचारमा लुलोप्त हुदा काभ्रेलि जनतामा निरासा आएको बताउनु भयो ।

    कार्यक्रममा सांसद लम्सालले भन्नुभयो—केपी ओलिले ज—जस्लाई मन्त्री बनाए, ति सवै मन्त्रीहरुले भ्रष्टाचार गरेको प्रष्टै छ । जनताले ५ बर्षको लागि सरकार संञ्चालन गर्ने जिम्मेवारी दिदा सरकार चलाउने हिम्मत नहुंदा ३ बर्षमै भागे ओली । केपी ओलीको निर्देशनमा पुर्व मन्त्री बाँस्कोटाले पुर्व एमाले एक हौं, भनेर अगाडी बढेका छन् । त्यस्ता शब्द जनतालाई पाच्य हुदैन । पुर्व एमाले एक हौं, पुर्व एमाओवादी एक हौं भन्ने शब्दप्रती मुर्दाबाद, सांसद लम्सालले भन्नुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार