२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

शल्यक्रिया गर्दा महिलाको मृत्यु


३४५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ माघ ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ४ माघ, विराटनगर । पित्त थैलीको शल्यक्रिया गर्न भर्ना भएकी महिलाको मृत्यु भएपछि मृतकको आफन्तले विराटनगरको अवधनारायण मेमोरियल क्लिनिकमा तोडफोड गरेका छन् ।

    बेलबारी नगरपालिका– ८ की ३२ वर्षीया सजना राईको मृत्यु भएपछि आक्रोशित बनेका आफन्त र स्थानीयले आइतबार क्लिनिकमा तोडफोड गरेका हुन् ।

    चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझेका छैनन् ।
    क्लिनिकमा पित्तथैलीमा भएको पथरी झिक्न शल्यक्रिया गरेकी महिलाको उपचारको क्रममा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

    अवधनारायण मेमोरियल क्लिनिकले शल्यक्रिया गर्दा लापरबाही गरेको उनीहरुको आरोप छ । सजना गत पुस २८ गते विराटनगर–७ स्थित अवधनारायण मेमोरियल क्लिनिकमा भर्ना भएकी थिइन् । उनको सोही दिन शल्यक्रिया भएको थियो । तर शल्यक्रिया पछि उनको अवस्था जटिल बन्दै गयो । क्लिनिकमा आईसीयूसहित अत्यावश्यक सेवा नभएपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । क्लिनिकको लापरबाहीका कारण छोरी सजनाको मृत्यु भएको होमबहादुर राईले बताए ।

    आइतबार भेला भएका स्थानीयले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले जानकारी दिए । अवस्थालाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार