२०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024

प्रहरिमा आर्थिक लु—लोप्तता हुन दिन्न—खत्री


२२५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ माघ ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख (एस.पि) भुपेन्द्र वहादुर खत्रीले प्रहरीमा कुनैपनि प्रकारको आर्थिक लु—लातता हुन नदिने बताउनु भयो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेको जिम्मेवारी सम्हाल्न आउनु भएको एस.पि खत्रीले आज (बुधबार) काभ्रेका संचारकर्मीहरुसंगको भेटघाटमा उक्त धारणा राख्नुभएको हो ।

    पत्रकारहरुको भेटघाट कार्यक्रममा एस.पि खत्रीले थप्नुभयो “प्रहरी र पत्रकारहरु बिच नङ्ग र मासुको सम्बन्ध राखेर अगाडी बढ्नु पर्छ ।” जिल्ला वासिको अपेक्षालाई खरो रुपमा उत्रिएर सरोकारवालाहरुसंग सहकार्य गर्दै अगाडी बढ्ने एस.पि खत्रिले भन्नुभयो ।

    प्रहरी भनेको जनताको प्रतीनिधि हो, त्यसैले काभ्रेली जनताको अपेक्षा अनुसार कार्य गरेर मजबुत ढंगले शान्ति सुरक्षा कायम गर्छैा । जनताले वा.वा प्रहरी भन्ने ढंगले कार्य गरेर अगाडी बढ्छौं, छ्या प्रहरी भन्ने मौका नआउने तौर तरिकाले काम गर्न हाम्रो टिम सफल हुन्छ, एस.पि खत्रिले भन्नुभयो ।

    पत्रकार भेटघाटको क्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सीनाले पैदल यात्रीको फुटपाथबाट हिड्ने अधिकार खोसीएको, फुटपाथमा व्यापारीक प्रयोजनको सामान थुपारेर अस्तव्यस्त भएको, काभ्रेका ट्राफि प्रहरी निस्किृय रहेको, राजमार्ग अस्तव्यस्त रहेको, स्थानिय तहहरुमा रहेका नगरप्रहरीले सडक तथा सडक पेटीमा रहेको अस्तव्यस्तलाई नियन्त्रण गर्न नसकेकोले जिल्ला प्रहरीको जिम्मेवारी सम्हाल्न आउनु भएका एस.पि खत्रिले जनताका समस्ीयाहरुका बिषयमा ध्यान दिनुपर्ने बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार