२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तीन घुस्याहा प्रहरी निलम्बन


२८९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ माघ ८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • चितवन—आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने तिन जना प्रहरी कर्मचारीहरुलाई निलम्बन गरीएको छ ।

    बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

    चितवन जिल्लाको नारायणगढ, पुल्चोक भई राजमार्गमा चल्ने बस, मिनिबस, माईक्रोबस व्यवसायीका दलालहरू मार्फत नारायणगढ पुल्चोकमा डिउटीमा खटिएका प्रहरी कर्मचारीहरुले पैसा लिने गरेको भन्ने प्राप्त सुचनाको आधारमा प्रहरीको संलग्नता बारेमा अनुगमन एवं अनुसन्धान गर्न यस कार्यालयबाट सम्बन्धीत स्थानमा स्थलगतरुपमा खटिई गएका प्रहरी अधिकृतको टोलीले मिति २०७७।१०।०६ गते डिउटीमा खटिएको अवस्थामा यातायात व्यवसायीका दलालहरू मार्फत जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१ पुल्चोक स्थित कालीगण्डकी कोल्ड स्टोर (पान पसल) बाट अबैध रकम लिदै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

    प्रहरीको नाममा पैसा उटाउने कार्यमा संलग्न ५ जना व्यक्तिहरु समेतलाई नियन्त्रणमा लिई मिति २०७७।१०।०७ गते अभद्र व्यवहार अन्तर्गतको मुद्दामा आज म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार लोक बहादुर घर्ती, प्रहरी जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत प्रहरी जवान पूर्ण सिंह रस्मी मगरलाई नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएकोमा उनीहरुको सम्बन्धमा थप छानविन गर्न हाललाई निलम्बन गरीएको हो । निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक सुरेश प्रसाद काफ्लेको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ ।

    आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले बिशेष अभियानको रुपमा संचालन गरीरहेको छ । बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टास्क फोर्स गठन गरीएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार