२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नाल्दुम नगरकाेट जेसिजलाई नेपालकै नमुना जेसिज बनाएर देखाउने छाैं : अध्यक्ष आशादेवान


३१४६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ माघ ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काभ्रेपलान्चोक / नाल्दुम नगरकाेट जेसिजका अध्यक्ष आशादेवान श्रेष्ठले आफ्नाे संस्थालाई नेपालकै नमुना संस्थाकाे रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकि छन ।

    हाेटल क्लब हिमालयनमा भएकाे पदस्थापन कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष श्रेष्ठले आफ्नाे कार्यकाल वर्ष २०२१ लाई सामाजिक, व्यावसायिक, नेतृत्व र अन्तर्राष्ट्रिय क्षेत्रमा बहुआयामिक कार्यक्रम संचालन गरेर अगाडि बढाउने याेजना प्रस्तुत गरेकि छन् ।

    कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका मेयर टाेक बहादुर वाईवाले हरेक क्षेत्रमा नेतृत्व उत्पादन गर्ने संस्थाले समाजलाई सकारात्मक साेच भएका नागरिक तयार पार्नमा खेलेकाे भुमिकाकाे प्रशंसा व्यक्त गरे । उनले नाल्दुम नगरकाेट जेसिजलाई भवन निर्माणकाे लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले देशभर रहेका शाखाहरुलाई समान रुपमा अवसर तथा कार्यक्रम प्रदान गर्ने गरि याेजना कार्यान्वयनमा जाने बताए । उनले नेतृत्व लिन जेसिजका युवा सधैं तयार रहेकाे समेत बताएका छन् । साताैं पदस्थापन तथा सम्मान कार्यक्रममा निवर्तमान अध्यक्ष सजना कर्माचार्यले वर्ष २०२० लाई सफलता पुर्वक संचालन गर्न सहयाेग पुर्याउने लाई आभार व्यक्त गरिन । नाल्दुम नगरकाेट जेसिजले वर्ष २०१९ मा तत्कालिन अध्यक्ष अमित कर्माचार्यकाे नेतृत्वमा नेपाल जेसिजमा राष्ट्रिय उपाध्यक्षकाे रुपमा मन्जु शाह ठकुरीलाई निर्वाचित गराउन सफल भएकाे थियाे । कार्यक्रममा संस्थापक अध्यक्ष राजकुमार मल्ललाई विशेष सम्मान गरिएकाे थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार