२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राऊ


२६२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ माघ ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • ११ माघ, बुटवल । सामूहिक बलात्कारको आरोपमा रुपन्देहीमा प्रहरीसहित २ जना पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिकामा सामूहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवानसहित दुईजना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले बताए ।

    गत कात्तिक २३ गते कञ्चन गाउँपालिका–४ भैसाहीमा दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि सामूहिक बलात्कार र एकजनाको नग्न फोटो खिचेर सार्वजनिक गरेको भन्दै चारजना विरुद्ध उजुरी परेको थियो । पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार