२०८१ मंसिर २१, शुक्रबार | Fri, 06, Dec, 2024

पत्रकारले नागरिकहरुको अगुवाई गर्नुपर्छ -न्यायाधिश ढकाल


३१५४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ माघ १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • प्रदिप केसी
    धुलिखेल/पत्रकारहरु समाजका ऐना हुन् र नागरिकहरुको अगुवाई गर्नुहुन्छ ।

    उक्त भनाई काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला न्यायधिश पुरुषोत्तम प्रसाद ढकालले शुक्रबार काभ्रेका सञ्चारकर्मीसँग अन्तक्र्रिया कार्यक्रमको अवसरमा बताउनुभएको हो ।

    उहाँले पत्रकार साथीहरु सामाजिक इन्जिनियर सचेत वर्ग हुनुहुन्छ । त्यसैले निर्धक्कसँग अदालतका गतिविधि प्रकाशक गर्न अनुरोध समेत गर्नुभयो । जिल्लामा सम्बन्ध विच्छेद, सवारी, खिचला, लिखत बदर, जालसाधी, फौजदारी र जबरजस्तीकरणी (रेफ केस) का मुद्दाहरु अदालतमा पर्ने गरेका छन् । अहिले साउनबाट अदालतमा फरक मुद्दा व्यवस्था प्रणालीबाट दर्ता भएको १८ महिना भित्र सरल, सामान्य र विशेष मुद्दाहरु वर्गीकरण गरी फछ्र्याैट गरिने जिल्ला न्यायधिश सूर्यप्रसाद पराजुलीले जानकारी गराउनुभएको थियो ।

    अदालतको नागरिक वडापत्रमा लेखिए बमोजिम हुँदै जाने र हाम्रा श्रेस्तेदार गोविन्द घिमिरेलाई सूचना अधिकारी तोकिएको र समाचार सम्पेषण गर्न उहाँसँग जानकारी लिएर छाप्न अनुरोध गरिएको थियो । अब मुद्दा सफ्टवेयरबाट दर्ता भई कुन दिन, तारिख र कुन दिन पेशी र मुद्दा छिन्ने क्यालेण्डर समेत मुद्दा दर्ता गर्नेलाई कम्प्युटर प्रिन्ट समेत उपलब्ध गराएको चर्चा गरिएको थियो ।

    पत्रकारले सोधिएको प्रश्नका उत्तर दिँदै अब कार्यालय (अदालत) मा पोका फाइलको अन्त्य भइसकेको पेन्सन कर्मचारीहरुलाई करारमा नराखिएको समेत जानकारी दिइएको थियो । जिल्ला अदालतमा सरल मुद्दा हरियोमा फाईलिङ गरी ३ सय ५८ दर्ता, १ सय ४१ फैसला र २ सय १७ फैसला हुन बाँकी रहेको छ भने सामान्य मुद्दा निलो फाइलिङ गरी १ सय ९९ दर्ता, १३ फैसला र १ सय ६ फछ्र्याैट हुन बाँकी रहेको छ भने विशेष प्रकारका ६ मुद्दा दर्ता र फछ्र्याैट हुन बाँकी ६८ रहेको छ । ति मुद्दाहरु दर्ता भएको ६ महिनादेखि १८ महिनाभित्र फछ्र्याैट भइसक्ने बताइएको थियो ।

    त्यस्तै जिल्लामा वाल इजलासको व्यवस्था गरी १७ मुद्दा दर्ता भएकोमा ५ फछ्र्याैट र बाँकी १२ मुद्दा रहेका छन् । थुनुवा मुद्दा ९९ वटामा २६ फछ्र्याैट, ७६ बाँकी रहेका छन् भने थुनुवा संख्या पुरुष ७४, बालक ९ र महिला २ जना रहेको तथ्यांक प्रस्तुत गरिएको थियो । त्यस्तै निरन्तर सुनुवाईका मुद्दाहरु ७९ मा फछ्र्याैट १४ र बाँकी ६५ रहेका छन् । जसमा पिडित, जायरवाला, चिकित्सा, भौतिक सबुद परिक्षण प्रतिवेदन प्राप्त नभएका कारण ढिला फछ्र्याैट भएको हो ।

    मेलमिलापको हकमा ६६ मुद्दा गएको ८ प्रतिशत फछ्र्याैट (मिलापत्र) भएको पत्रकार सम्मेलनमा जिल्ला न्यायाधिक भिष्मराज प्रसाईले जानकारी दिनुभएको थियो । उहाँले फैसला कार्यान्वयनको विषयमा जिम्मेवारी सरेको निवेदन १ सय ९५ नयाँ दर्ता १ सय १८ मा ५७ प्रतिशत फछ्र्याैट भएको तालिका प्रस्तुत गर्नुभएको थियो । त्यसमा विगो भराउने १ सय ६५, चलन चलाउने २०, वण्डा छुट्याउने ८९, क्षतिपूर्ति भराउने १, मानासामल भराउने २९ र १० अन्य निवेदनहरु रहेका छन् ।

    दण्ड जरिवानाको हकमा कैदमा ९ सय १२ वर्ष ९ महिना २१ दिन जिम्मेवारी सरेकोमा ४६ वर्ष १० महिना फछ्र्याैट भएको र जरिवानामा ७३ करोड ३१ लाख ७५ हजार ४९ मा ११ करोड ४९ लाख ९७ हजार ८ सय ५७ फछ्र्याैट गरिएको जुन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १६० (२) मुलुकी अपराध संहिता २०७४ को दफा ४६ र फौ.का. २०७५ को दफा ३३ बमोजिम १४९ वटा लगत कट्टा भएको छ र कैद ९६ वर्ष ९ महिना १७ दिनको १३ लाख ७५ हजार र ८ सय ११ रुपैयाँ ३७ पैसा जरिवाना गरिएको थियो ।

    अदालतको अभिलेख शाखामा १९७९ देखि हालसम्मका ४२ हजार १ सय ६५ मिशिल सफ्टवेयरमा प्रविष्ट गरिसकिएको छ भने कुनै पनि मुद्दाको अभिलेख माग भएको खण्डमा २ मिनेटभित्र सेवाग्राहीलाई उपलब्ध गराउन सकिने प्रावधान मिलाइएको छ । वैतनिक कानून व्यवसायीबाट ५२ लिखत तयारी गरिएको, परामर्श सेवा १ सय ७०, साक्षी परिक्षण ६०, बहस १ सय १ र कारागार भ्रमण १२ पटक भएको जानकारी दिइएको थियो । अदालतको भौतिक अवस्था नपुग भएकोले थप भवन बनाउनपर्ने आवश्यकता महसुस गरी ४ कोठा निर्माण गर्न बनाउनपर्ने आवश्यकता महसुस गरी ४ कोठा निर्माण गर्न स्टीमेड समेत भएको जानकारी गराइएको थियो ।

    अदालत हाताभित्रका कर्मचारीहरुलाई पोशाक नियमित गराई ‘के म तपाईंलाई सहयोग गर्न सक्छु’ लेखिएको ज्याकेट आजैबाट वितरण गरिएको समेत बताईएको थियो । कार्यक्रमको सभापतित्व प्रमुख जिल्ला न्यायाधिश पुरुषोत्तम प्रसाद ढकालले गर्नुभएको थियो । सञ्चालक श्रेस्तेदार गोविन्द घिमिरेले गर्नुभएको थियो भने मन्तव्य जिल्ला न्यायाधिवक्ता चन्द्रकुमार पोखरेलले तपाईं पत्रकार मित्रहरुको समाचारको प्रभावले अपराध नियन्त्रणमा टेवा मिल्न गई अपराधी हतोत्साहित हुन्छन् र समाजमा अपराधहरु न्यूनिकरण हुँदै जानेछन् र पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिनाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार