२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गोली हानी छोरीको हत्या गर्ने बाबु प्रहरी खोरमा


१६८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ माघ २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • बैतडी — छोरीलाई गोली प्रहार गरी हत्या गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बैतडीको पुरचौर्डी नगरपालिका-१० विजयपुरका ५२ वर्षीय धनबहादुर महराले गत शनिबार २० वर्षीया छोरी बेलमतीलाई गोली प्रहार गरी भागेका थिए ।

    भरुवा बन्दुकसँगै भागेका उनले आफ्नो घरको छानोमासमेत शनिबार राति आगजनी गरेका थिए । घटना भएकै दिनबाट प्रहरीले उनको खोजी गरिरहेको थियो ।

    मंगलबार उनलाई दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ८ मल्लेखमा स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए ।

    महरालाई जिल्ला प्रहरी कार्यालय ल्याएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक धामीले बताए । घरायसी विवाद हुँदा छोरी गोली हालेको प्रारम्भीक जानकारी भएको उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार