२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सालोले भिनाको टाउकोमा लठ्ठी प्रहार गरी हत्या


१८९९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ माघ ३०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३० माघ, जनकपुरधाम । दुई साताअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मृत फेला परेका एक डिष्टिलरीका सञ्चालकको हत्या भएको खुलेको छ । ।

    क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ स्थित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक उदयपुरको त्रियुगा नगरपालिका ७ निवासी प्रमोद रेग्मी गत माघ १३ गते मृत फेला परेका थिए ।

    आफ्नै कोठामा मृत फेला परेका ५४ बर्षीय रेग्मीको उनकै सालो निरज खातीले हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । सेयर लगानीसम्बन्धी विवाद हुँदा खातीले रेग्मीको हत्या गरेको खुलेको प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

    ३५ बर्षीय खातीले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गराईं बाँसको लठ्ठीले टाउकोमा प्रहार गर्दा रेग्मीको ज्यान गएको मिश्रले बताए । हत्या आरोपमा पक्राउ परेका खातीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार