२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

दुई दिनमा कोरोनाबाट मृत्यु सङ्ख्यामा ७०१


२१६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन १४, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • कोरोना  भाइरस  सङ्क्रमणबाट  मृत्यु  हुनेको  सङ्ख्या  पुनः  थप  भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी  तथा  रोग  नियन्त्रण  महाशाखाका  अनुसार थप ८३ जनाको कोरोनाले मृत्यु भएको छ । यसअघि  बुधबार  मात्रै  मन्त्रालयले  ६१८  जना  मृतक  थपिएको  जानकारी  दिएको  थियो  ।

    इपिडिमियोलोजी  तथा  रोग  नियन्त्रण  महाशाखा  र  कोभिड  सङ्कट  व्यवस्थापन  केन्द्र  (क्राइसिस  म्यानेजमेन्ट सेन्टर) कोरोनाका कारण मृतकको शव गणनामा अन्तर आएकोमा मन्त्रालयले गठन गरेको छानबिन समितिपछि बिहीबार थप ८३ र बुधबार थप ६१८ जना मृतक थपिएको हो ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक  डा.  कृष्ण  पौडेलले  क्राइसिस  म्यानेजमेन्ट  सेन्टर  र  इपिडिमियोलोजी  तथा  रोग  नियन्त्रण  केन्द्रको  सिफारिसमा  बिहीबारसमेत मृतकको सङ्ख्या संशोधन गरी ८३ जना थपिएको जानकारी  दिए ।  उनले  केही सङ्ख्या अझै प्रमाणित हुन बाँकी  रहेकोले  थप  बढ्न  सक्ने  बताए ।

    थपिएका  मृतकसँगै  नेपालमा  कोरोना  सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ७६७ पुगेको छ । पछिल्लो दुई दिनमा मन्त्रालयको नियमित तथ्याङ्कभन्दा ७०१ जना मृतक थपिएका छन् ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार