२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

सेनिटाईजरले दुईको ज्यान लियो


३१२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन १७, सोमबार मा प्रकाशित ३ साल अघि
  • १७ फागुन, विराटनगर । सेनिटाइजर सेवनका कारण विराटनगरमा एकैदिन दुईजनाको मृत्यु भएको छ । कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार श्रीमतीसँग विवाद हुँदा सेनिटाइजर सेवन गरेका मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको सोमबार बिहान मृत्यु भएको छ ।

    यसैगरी झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरीको पनि मृत्यु भएको छ ।

    प्रहरीका अनुसार गिरीले मदिरा भनेर सेनिटाइजर सेवन गरेकी थिइन् । मण्डलले पारिवारिक विवादपछि सेनिटाइजर सेवन गरेका थिए । मदिराको नशामा रहेकी गिरीले शनिबार राति ११ बजेतिर बोतलमा रहेको आधा सेनिटाइजर सेवन गरेकी थिइन् ।

    पारिवारिक विवादपछि मण्डलले पनि शनिबार नै सेनिटाइजर सेवन गरेका थिए । मण्डलको कोसी अस्पतालको आईसीयूमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेनन्ट डा. चुमनलाल दासले जानकारी दिए । मण्डलको स्वास्थ्य जाँच गर्दा अर्गानो फोसफरस देखिएको उनले बताए ।

    महिलाले सेनिटाइजर सेवन गरेको भएपनि मृत्युको कारण शरीरमा भएको अन्य रोग र निसासिएका कारण मृत्यु भएको उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार