२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

स्वास्थ्यकर्मी रित्तै, मन्त्रीका आसेपासेलाई लाखौँ जोखिम भत्ता


१९९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन १९, बुधबार मा प्रकाशित ३ साल अघि
  • स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को आदेशविपरीत पहुँचका आधारमा जोखिम भत्ता वितरण गरेको पाइएको छ । कोरोना संक्रमितको पहिचान, नियन्त्रण र उपचारमा संलग्नले नपाएको अवस्थामा तत्कालीन स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको सचिवालय सदस्यहरुलाई जोखिममा काम गरेसरह सबै दिनको भत्ता उपलब्ध गराइएको हो ।

    मन्त्रालय, यूएन एजेन्सी र अन्य अन्तर्राष्ट्रिय संस्थाबाट तलब बुझ्ने गरी सचिवालयमा रहेका कर्मचारीलाई समेत कोरोना अवधिमा जोखिम मोलेर काम गरेको भन्दै भत्ता दिइएको छ । मन्त्रालयले गत चैत ११ देखि कात्तिकसम्म २३० लिनको जोखिम भत्ता वितरण गरेको थियो । यसमा चैतदेखि असारसम्म १ सय १० दिनको पहिलो चरण, साउनदेखि असोजसम्म ९० दिनको र कात्तिकको ३० दिनको भत्ता वितरण गरेको थियो ।

    तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सचिवालयमा बस्ने उपस्वकीय सचिव गुरुप्रसाद खतिवडा (भुवन) ले २३० दिनको जोखिम भत्ताबापत १ लाख ३९ हजार ३ सय ११ लिएका छन् । स्वकीय अधिकृत विष्णुप्रसाद खनालले २३० दिनकै १ लाख २४ हजार २ सय र प्रशासन सहायक कृष्णबहादुर गुरुङले पनि पुरै दिनको १ लाख ७ हजार १९ रुपैयाँ भत्ता बुझेका छन् ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार