२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

पाँचखालमा बृहत रक्तदान कार्यक्रम, मेयरले ७१ पटक रक्तदान


४६३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १, आईतबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्लेमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    तिनपिप्ले युवा क्लबको आयोजना, पाँचखाल रक्तदाताका समुहको सहयोग, पाँचखाल नगरपालिकाको बिशेष सहयोग साथै धुलिखेल अस्पतालको प्राबिधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा पाँचखाल नगरका प्रमुख (मेयर) महेश खरेलले यस अगाडी ७० पटक रगत दान गरीसकेको ७१ औं पटक रक्तदान गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

    कार्यक्रममा नगर प्रमुख खरेलले सामाजिक बिकृति विसंगतिको अन्त्यका लागि अगाडी बढ्दै समाजमा सकारात्मक भुमिका खेल्ने क्लबहरुलाई नगरको तर्फबाट साथै आफ्नो व्यक्तिगत तर्फबाट समेत सहयोग गर्ने बताउनु भयो ।
    पाँचखाल वडा न ६ का वडा अध्यक्ष रामशरण दुलालले युवा समाजका गहना हुन्, उनीहरुको संरक्षण गर्नु हाम्रो दायित्व रहेकोले समाजका हितका खातिर कार्य गर्नेलाई साथ सहयोग गर्ने बताउनु भयो । उहाँले थप्नुभयो आर्थिक अभावको विचमा समेत युवाहरुले समाजको हितको खातिर कार्य गरेको भन्दै नगद ५ हजार व्यक्तिगत तर्फबाट सहयोग गर्नुभएको थियो ।

    तिनपिप्ले युवा क्लवका अध्यक्ष सरोज धितालले कार्यक्रमको सभापतित्व गर्दै पाँचखालमा रहेका बौद्धिक वर्गको साथ र सहयोग र सुझाबकै कारण क्लबले सामाजिक हितको खातिर कार्यगर्न सफल रहेको बताउनु भयो । उहाँले थप्नुभयो पाँचखाल नगरमा रहेका क्लबहरुलेको मुल्याङ्कन गर्दै बर्गीकरण गर्न आवश्यक भएकोले सम्बन्धित निकायको ध्यान पुग्न जरुरी रहन्छ ।

    क्लका सचिव सुजन राजवंसिले संञ्चालन गरेको उक्त कार्यक्रममा पाँचखाल वडा नं ८ का वडा अध्यक्ष एवं पाँचखाल नगरपालिकाका प्रबक्ता शंजय तामाङ, पाँचखाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नविन प्रकास निरौला, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । रक्तदान कार्यक्रमको लागि आवश्यक फलफुल पाँचखाल ६ निवासी विष्णु तिमल्सिनाले उपलब्ध गराउनु भएको थियो भने जुस स्थानियहरुले उपलब्ध गराउनु भएको थियो ।

    क्लबका सचिव निर्मल श्रेष्ठले स्वागत मन्तव्य राखी सुरुगरेको उक्त रक्तदान कार्यक्रममा पाँचखाल नगरका प्रमुख महेश खरेल, नवप्रतिभा माध्यमिक विद्यालयका प्रिन्सिपल सरोज न्यौपाने, पाँचखाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नविन प्रकास निरौला लगायत ६१ जनाले रक्तदान गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार