२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

मोटरसाइकल दुर्घटनामा २ को मृत्यु


२१५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं । काठमाडौंको जडिबुटीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भक्तपुर लोकन्थली बस्ने ६५ वर्षीया गणेशमाया तिमल्सिना र मोटरसाइकल चालक काठमाडौं मूलपानी नयाँबस्ती बस्ने २८ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् ।

    बा ९२ प १४३ नम्बरको मोटरसाइकलले पैदलयात्री गणेशमायालाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरुको केएमसी अस्पताल सिंनामगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काठमाडौंको मूलपानी नयाँबस्ती बस्ने ४६ वर्षीय कुलबहादुर श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार