२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गर्भ बोकाएको आरोपमा युवक पक्राउ


१९५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र २, सोमबार मा प्रकाशित ३ साल अघि
  • २ चैत, काठमाडौं । किशोरीलाई जबरजस्ती करणी गरी गर्भ बोकाएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१० का ३० वर्षीय रमेश हजरा पासवानलाई जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    पासवानले १७ वर्षीय किशोरीलाई विवाह गर्छु भनी होटेलमा लिएर पटक-पटक करणी गरी गर्भ बोकाएको आरोप छ । घटनाको बारेमा किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि पासवानलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    २८ गते पक्राउ परेका पासवानलाई प्रहरीले आइतबार जिल्ला अदालत पर्साबाट म्याद थप गराई अनुसन्धान अघि बढाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार