२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास


३३०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र ५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • उदयपुर- जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई कलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ ।

    जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित रु ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।

    यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा चार हजार जम्मा गर्नुपर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ ।

    गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरी अदालतको आदेशानुसार अदालतमा मुद्दा दर्तासँगै पूर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार