२०८१ आश्विन २२, मंगलबार | Tue, 08, Oct, 2024

चोरी भएका ३० मोटरसाइकलसहित २ जना पक्राउ


३००६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र ९, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी नियन्त्रण तथा त्यसमा संलग्न व्यक्तिलाई कारबाहीको प्रक्रिया तीब्र रुपमा अगाडि बढाएको छ ।

    महाशाखाले पीडित सहायता इकाइबाट खटिएको टोलीले गोलढुङ्गाबाट गंगबु बस्ने अशोकमानसिंह कुवरको हराएको बा९२प ९१३३ नम्बरको निलो बुलेट बाइक चोरीको आरोपमा नुवाकोटका ३० वर्षीय विमल गुरुङ र मोरङ बेलबारी घर भई गोलढुङ्गा बस्ने आशिष खत्रीलाई मोटरसाइकलसहित पक्राउ गरेको हो ।

    उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी बा९६प ४५९० नम्बर प्रयोग गरेको अवस्थामा पक्राउ गरेको हो ।महाशाखा दुई हप्तामा चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर गरी ३० वटा मोटरसाइकल खोजतलास एवं बरामद गर्न सफल भएको छ ।

    चोरी भएका मोटरसाइकल उपत्यका र आसपासका विभिन्न स्थानबाट बरामद गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएका छन् ।

    कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियान तिब्र बनाइएको ताए । यसका लागि सादा पोसाकमा समेत विशेष ट्राफिक प्रहरीको टोली परिचालन गरेका उनले बताए ।

    महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाका भक्तपुर, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, टोखा, नयाँबसपार्कका साथै उपत्यकासँग सीमाना जोडिएका विभिन्न स्थानहरुबाट यी मोटरसाइकलहरु बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार