२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु


३०९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १५, आईतबार मा प्रकाशित ३ साल अघि
  • पोखरा । पोखरामा मद्यपान सेवन गरेर श्रीमानले कुटपिट गर्दा एक महिलाको मृत्यु भएको छ । शनिबार दिउँसो मद्यपान गरी पोखरा –२६ बराल डाँडा बस्ने देवबहादुर विकको कुटाइबाट गम्भिर घाइते भएकी उनकी श्रीमती देवी विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    देवबहादुर विक​ले  मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भिर घाइते भएकी आफ्नी श्रीमतीलाई पोखराका विभिन्न अस्पतालमा उपचार गराएर घरमा लगेको थिए । तर, आइतवार बिहान घाइते विक अचेत भएपछि पुनः उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । घटनापछि मृतकका श्रीमान देवबहादुर विकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार