२०८१ कार्तिक १७, शनिबार | Sat, 02, Nov, 2024

ढिस्कोले पुरिएर एकजनाको मृत्यु


४२४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • १७ चैत, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानीमा घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा एकजनाको मृत्यु भएको छ ।

    मंगलबार बिहान स्थानीय दीपेन्द्र घोरासैनीको घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा दोलखाको जिरी नगरपालिका–२ घर भई काठमाडौंको मूलपानी बस्ने २० वर्षीय इन्द्रबहादुर गुभाजुको मृत्यु भएको हो ।

    ढिस्कोले पुरिएर गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसका साथै सोही ढिस्कोले पुरिएर घाइते भएका उदयपुर घर भई मूलपानीमै बस्दै आएका ३५ वर्षीय धनबहादुर मगरको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाका विषयमा घरधनी र ठेकेदारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार