२०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024

उम्मेदवारहरुबाट मत माग्ने क्रम सुचारु


१७७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १८, बुधबार मा प्रकाशित ३ साल अघि
  • बनेपा/नेपाल पत्रकार महासंघको यही २०७७ चैत २५ गते हुने निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरुद्वारा आफ्ना मतदाता समक्ष विभिन्न प्रविधिको उपयोग गर्दै भोट माग्ने क्रम द्रुत गतिमा अगाडि बढेको छ ।

    यसक्रममा विशेषगरी पत्रकारहरुको दक्षता अभिवृद्धि, महासंघको संस्थागत विकास, श्रमजीवि पत्रकारको हक हितको रक्षा, पत्रकारको भौतिक तथा पेशागत सुरक्षा, मिडियाको समुन्नतीलगायत मुद्दामा अभियान र प्रतिवद्धता यहाँहरुसामु छर्लङ्ग नै छ । जीवनको महत्वपूर्ण समय, युवावस्था पत्रकारितामार्फत समाज सेवामा व्यतित गरेका छौं भन्दै पत्रकार महासंघको जिल्लादेखि केन्द्रमा समेत रहेर आफुलाई दिएका जिम्मेवारीहरु आफ्नो ज्ञान, सीप र अनुभवले भ्याएसम्म इमान्दारी र निष्ठाका साथ पूरा गर्ने कोशिस गरेका छौं । व्यवस्थापन र त्यसपछि पत्रकारिता विषयको औपचारिक तथा अनौपचारिक अध्ययनले पत्रकारिताको विषयगत र व्यवस्थापकीय ज्ञानमा समेत सहयोग पु¥याएको छ, यो ज्ञान पत्रकार महासंघको नेतृत्वमा रहेर काम गर्दा पनि सहयोगी बनेको छ ।
    पत्रकार महासंघको संस्थागत विकाससँगै यसको आन्तरिक सुशासनको पाटोलाई पनि अब मजबुत बनाउँदै लग्नुपर्ने आवश्यकता छ । पत्रकारहरुको दक्षता अभिवृद्धि तथा महासंघका कार्यालय सञ्चालनका लागि दिगो स्रोतको व्यवस्थापन आवश्यक छ । पत्रकार महासंघका प्रदेश तथा शाखाको कोष व्यवस्थापन, लेखा प्रणालीमा एकै खाले चुस्त व्यवस्थापन तथा व्यवस्थापकीय सुधारमा समेत हाम्रो ध्यान केन्द्रित हुनुपर्ने छ । पत्रकार तथा सञ्चार संस्थालाई सहज रुपमा ऋण प्रवाहका लागि मिडिया बैंकको आवश्यकतालाई समेत महशुस गरिएको छ, त्यसका लागि महासंघको अगुवाईमा हामी सबै मिलेर नेपाल सरकारसँग पहल गर्नुपर्छ भन्ने हाम्रो धारणा छ । यस्ता विविध विषयमा अग्रज तथा अनुजहरुको सुझावलाई मनन् गर्दै अगाडि बढ्न हामी प्रतिबद्ध छौं ।
    नेपाल पत्रकार महासंघको इतिहासमा हामी प्रत्यक्ष निर्वाचन प्रणालीको अभ्यास गर्दैछौं । सबै सदस्यले प्रत्यक्ष रुपमा आफ्नो नेतृत्व चयन गर्ने अवसर पाएका छौँ । महासंघ थप समावेशी बनेको छ । यसका लागि महासंघको विधान संशोधन समितिमा रहेर हामीले निर्वाह गरेको भूमिकासमेत यहाँहरुलाई जानकारी नै छ । सोही भित्र रहेर मतदान गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं भन्दै मतदातामाझ आएका छौं ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार