२०८१ कार्तिक २४, शनिबार | Sat, 09, Nov, 2024

प्रहरी चौकीमा तोडफोड, दुई प्रहरी घाइते


३९४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख १, बुधबार मा प्रकाशित ३ साल अघि
  • १ वैशाख, त्रिशूली । नुवाकोटको देवीघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दा दुईजना प्रहरी घाइते भएका छन् । मंगलबार राति लिखु गाउँपालिका–५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदलयात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयवासीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार प्रहरी चौकी देवीघाटले नियन्त्रणमा लिएको लु २ ख १९२३ नम्बरको ट्रक र त्यसका चालक नरबहादुर थामामगरलाई कुटपिट गर्न खोजेपछि उनीहरुलाई बचाउने क्रममा प्रहरीमाथि आक्रमण गर्दै चौकी तोडफोड गरिएको हो ।

    लिखु गाउँपालिका–५ बाट गएका करिब २५ जनाको समूहमा रहेका व्यक्तिले चौकीमा ढुंगा प्रहार गर्दा दुई प्रहरीको टाउकोमा गम्भीर चोट लागेको छ भने चौकीको ढोका, ऐनालगायतका सामग्रीमा क्षति पुगेको छ ।

    घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले बुधबार बिहानसम्म ११ जनालाई पक्राउ गरेर कारबाहीका लागि अनुसन्धान अघि बढाएको जनाइएको छ । ट्रकले ठक्कर दिएका दुई जना यात्री सामान्य घाइते रहेका छन् । ट्रकका चालक उदयपुरका नरबहादुर रानामगर जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार