२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

पत्रकार महासंघ नुवाकोटको नतिजा रद्ध


२१४६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख ३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • नेपाल पत्रकार महासंघ नुवाकोटको निर्वाचन रद्ध भएको छ ।  महासंघ केन्द्रीय निर्वाचन समितिले बिहीबार पुनः निर्वाचन गर्न निर्देशन दिएको हो ।
    समितिका संयोजक कपिल काफ्लेले महासंघ नुवाकोटको निर्वाचन समितिलाई पत्र पठाउँदै एक साताभित्र निर्वाचन सम्पन्न गरेर केन्द्रीय समितिलाई तोकिएको मत परिणाम उपलब्ध गराउन भनेका छन् ।

    चैत २५ गते भएको निर्वाचनमा संकेत भएको मतपत्र प्रयोग गरेर धाँधली भएको आरोप केही उम्मेदवारले लगाउँदै पुन निर्वाचनको माग सहित उजुरी दिएका थिए । असन्तुष्ट समूहको असन्तुष्टिका बीच सो निर्वाचनबाट कपिल देव खनाल नेतृत्वको प्यानल विजयी भएको घोषणा गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार