२०८१ माघ ९, बुधबार | Wed, 22, Jan, 2025

एकै दिन नौ सयलाई कोरोना पुष्टि


२३५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख ३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    यस्तै मोरङमा २० जना, धनुषामा १० जना, पर्सामा ३० जना, काठमाडौँमा २८६ जना, चितवनमा २२ जना, भक्तपुरमा १९ जना, ललितपुरमा ४३ जना, कास्कीमा ४६ जना, दाङमा २१ जना, बाँकेमा १३३ जना, रुपन्देहीमा ४३ जना र कैलालीमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै शुक्रबार २ सय ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ। हाल देशभर ५ हजार ८ जना सक्रिय संक्रमित रहेका छन्। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु