२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ सदस्यलाई कोरोना


२२६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख ६, सोमबार मा प्रकाशित ३ साल अघि
  • ६ वैशाख, काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसहित उनको परिवारका पाँच जनालाई कोरोना संक्रमण देखिएको हो ।

    कलाकार श्रेष्ठले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

    उनले कोरोना संक्रमण देखिएपछि सास्ती हुने र यसलाई खेलाँची नगर्न पनि सबैलाई आग्रह गरेका छन् । ‘भइसकेपछि सास्ती चाहिं हुने रहेछ, त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला । जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला,’ उनले फेसबुकमा लेखेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार