२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

श्रीमानलाई बिष खुवाउने महिला पक्राऊ


२०५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख १०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • १० वैशाख, काठमाडौं । श्रीमानलाई विष खुवाई मारेको अभियोगमा प्रहरीले भक्तपुरको सूर्यविनायकबाट एक महिलालाई पक्राउ गरेको छ ।

    धादिङको मूलपानी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-४ मा डेरामा बस्ने २९ कि पार्वती थापा मगरलाई पक्राउ गरेको भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

    थापाले ६ वर्षअघि २०७२ माघ २८ गते घरमै श्रीमान विष्णु थापा मगरलाई विष हालेको खाना दिएको र सोही खानाका कारण उनको मृत्यु भएको प्रहरीको दावी छ । थापाको भान्साबाट उठाइएको गहतको दाल, अण्डा करी, खाना (भात) तथा मुछिएको खानासमेतको परीक्षणको लागि प्रयोगशाला पठाइएको र ०७४ साउन ९ गते ती खानेकुरामा किटनाशक बिषादी फेला परेको गिरीले उल्लेख गरेका छन् ।

    खानामा विषादी भेटिएपछि विष्णुका भाइ लोकबहादुरले भाउजु पार्वतीविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार