२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

सांसद नै बेपत्ता,प्रदेशसभा बैठक स्थगित


२०२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख १५, बुधबार मा प्रकाशित ३ साल अघि
  • पोखरा । राष्ट्रिय जनमोर्चाका एक संसद् बेपत्ता भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहेको समयमा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएको भन्दै प्रदेशसभा सचिवालयमा खोजी गर्न मागसहित पार्टीले निवेदन दिएको थियो ।

    प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित रहेको र उनी सम्पर्कविहीन रहेपछि सोही पार्टीका तर्फबाट सांसद पियारी थापाले प्रदेशसभा सचिवालयमा निवेदन दिएकी हुन् । उनले सांसद शाही सम्पर्कविहीन भएको भन्दै खोजीका लागि निवेदन दिँदै प्रदेशसभा बैठक स्थगनका लागि माग गरेकी थिइन् ।

    यसअघि बुधबार बसेको प्रदेशसभा बैठक सभामुख नेत्रनाथ अधिकारीले साढे चार बजेसम्मका लागि स्थगित गरेका थिए । जनमोर्चाका सांसद शाही प्रदेशसभामा अनुपस्थित रहेको पार्टीको सम्पर्कमा समेत नरहेपछि अविश्वास प्रस्तावका पक्षधर दलहरुले बैठक स्थगन गर्न माग गरेका छन् ।

    नेपाली काँग्रेसका प्रदेशसभा सदस्य विष्णु लामिछानेका अनुसार सांसद नै बेपत्ता भएको अवस्थामा संसदको प्रक्रिया अघि बढाउन उचित नहुने भएकाले बैठक स्थगित गर्न माग गरिएको हो । ‘हराएका भनिएका सांसदको खोजी पहिलो प्राथमिकता हो, उहाँले कता मत दिनुहुन्छ भन्ने कुरा दोस्रो प्राथमिकता हो,’ उनले भने, ‘पक्षमा होस् या विपक्षमा, मत दिनका लागि त प्रदेशसभामा उपस्थित हुनुप¥यो नि ।’

    सम्बन्धित पार्टीले आफ्नो सांसद सूचनाविना नै सम्पर्कविहीन भएको भन्दै निवेदन दिइसकेपछि पहिला ती सांसदको खोजी गर्नु प्राथमिक कर्तव्य हुने उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार