२०८१ भाद्र २६, बुधबार | Wed, 11, Sep, 2024

कोरोना संक्रमणबाट आज ५५ जनाको मृत्यु,बैशाख महिनामा ३५९ जनाको मृत्य


२१९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २१, मंगलबार मा प्रकाशित ३ साल अघि
  • २१ वैशाख, काठमाडौं । वैशाख यता कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर उकालो लागेको छ । मंगलबार अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आइतबार २७ र सोमबार ३७ जनाको मृत्यु भएको थियो । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१७ पुगेको छ । उनीहरुमध्ये ३५९ जनाको वैशाख महिनाको २१ दिनमा मृत्यु भएको हो ।

    वैशाख पहिलो साता दैनिक मृत्यु हुनेको संख्या एक अंकमा थियो । तर ७ गते ११ जना र ८ गते १० जनाको मृत्यु भयो । १२ गते २८ जना संक्रमितको मृत्यु भएको थियो १६ गते ३५ जना र १९ गते २७ जनाले ज्यान गुमाएका थिए ।

    कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिंदा पनि परीक्षण नगरी घरमै बस्ने र निमोनिया भएर स्वास्थ्यमा समस्या भइसकेपछि मात्रै अस्पताल आउने गरेका कारण पनि उपचारमा ढिलाइ हुन पुग्दा मृत्युको संख्या बढेको टेकु अस्पतालका चिकित्सक डा. अनुप बाँस्तोला बताउँछन् ।

    वैशाख महिनामा मात्र ६९ हजार ४४१ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक तीव्र रुपमा बढी रहेको संक्रमितमध्ये थुप्रैको स्वास्थ्य अवस्था गम्भीर देखिँदा मृतकको संख्या बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोला बताउँछन् । ‘संक्रमित बढेपछि मृतकको संख्या त बढ्ने भइहाल्यो’ डा. बाँस्तोला भन्छन्, ‘मृतकको संख्या तीव्र रुपमा बढ्नुको मुख्य कारण संक्रमित भएका मध्ये धेरै बिरामीको अवस्था गम्भीर देखिनु नै हो ।’

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु