२०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023

झुट प्रचारको आरोपमा युवा प्रहरीको फन्दामा


१५४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २२, बुधबार मा प्रकाशित २ साल अघि
  • २२ वैशाख, धनगढी । अक्सिजनको कालोबजारी भइरहेको भन्दै अफवाह फैलाएको आरोपमा प्रहरीले धनगढीबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का तेजबहादुर खड्का छन् ।

    धनगढीबाट ६५० सिलिन्डर अक्सिजन कालोबजारी गरेर पहाडतिर ट्रकमा लैजाँदै गरेको भन्दै झूठो हल्ला फैलाएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए ।

    खड्काले सामाजिक सञ्जाल फेसबुकमा कालोबजारी भएको भन्दै गलत कुरा सार्वजनिक गरेको पाइएकाले पक्राउ गरिएको चौधरीले बताए । उनीमाथि सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु