२०८१ माघ ७, सोमबार | Mon, 20, Jan, 2025

१५० टिफरलाई शसस्त्रको कारवाही


३०९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २६, आईतबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । कोरोनाको महांमारी नियन्त्रणको लागि सरकारले जारी गरेको नियम उलंघन गर्ने टिफरलाई सशस्त्र प्रहरी बल नेपाल नं १५ गणले कारबाही गरेको छ ।
    सशस्त्र प्रहरी बल नेपाल नं १५ गणल पाँचखालका प्रमुख (एसपी) – महेश केसीका अनुसार सरकारले जारी गरेको नियम उलंघन गर्ने १५० टिफरलाई कारबाहि गरेको हो ।

    नेपाल सरकारले सवारी रातको ९ः०० बजेबाट बिहान ५ः०० बजेसम्म टिफरहरु संञ्चालन गर्न अनुमति दिएकोमा सो नियमको उलंघन गरी अरनिको राजमार्ग सडक खण्डमा नियम बिपरित दिउँसो संञ्चालन भइरहेको पाएपछि कारबाहि गरेको थियो । सशस्त्र प्रहरीले अरनिको राजमार्गमा चेकिङ गर्दा नियम उलंघन गरेको पाईएकोले कारबाही गरेको जानकारी प्राप्त भएको छ ।

    सवारी चेकीङ गर्दा १५० भन्दा बढी संख्यामा टिफर होल्ड गरिसकेको थियो । सो टिफर चालकहरुलाई स.प्र.नि दिलिप बस्नेतले नीति निर्देशनको साथै कोरोनाको जोखिमको बारेमा सम्झाई बुझाई एक पटकको लागि गन्तव्य तर्फ पठाउंदै पुन नियम अनुसार टिफर संञ्चालन गर्न सुझाव दिनुभएको थियो । त्यसैगरी अरनिको राजमार्गमा रातको समयमा सवारी साधन चलाउदा प्रेसर हर्नको प्रयोग नगर्न पनि अनुरोध गर्दै सवारी साधन छोडिएको थियो । तर स्थानीय प्रशासनले तिनपिप्ले बाट बालुवा जाने बैकल्पिक बाटोको प्रयोग पनि रोक्नुपर्छ भन्ने सुझाव आएकोले सो मार्गमा समेत निगरानी बढाउने जानकारी प्राप्त भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु