२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आज काभ्रेमा १९२ लाई कोरोना पुष्टि, पाँचखालको १ सहित ४ महिलाको मृत्यु,


२२७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २८, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे। आज बैशाख २८ गते (मंगलबार) काभ्रेमा १९२ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार बनेपा नगरपालिकामा ४० महिला ५२ पुरुष, धुलिखेल नगरपालिकामा १९ महिला १४ पुरुष, पनौती नगरमा १३ महिला १० पुरुष, पाँचखाल नगरमा ५ महिला ४ पुरुष, मण्डनदेउपुर नगरपालिकामा १ महिला १ पुरुष, नमोबुद्ध नगरपालिकामा ३ महिला ७ पुरष, रोशी गाउंपालीका १ महिला १ पुरुष, चौरीदेउराली गाउंपालिका १ महिला २ पुरुष, बेथानचोक गाउंपालीका ४ महिला १ पुरुष र भुम्लु गाउंपालिका ५ महिला ८ पुरुष गरी १९२ जनालाइ कोरोना पुष्टि भएको छ ।

    आज काभ्रेमा ४ जनको मृत्यु भएको छ, बनेपा वडा नं ८ को ६३ बर्षिय महिलाको बनेपा स्थित शिरमेमोरिल अस्पतालमा, पाँचखाल ९ को ३० बर्षिय महिलाको धुलिखेल अस्पतालमा, भक्तपुर ठिमिको ३३ बर्षिय महिलाको धृलिखेल अस्पतालमा र बनेपाको ५६ बर्षिय महिलाको शिरमेमोरिल अस्पतालमा मृत्यु भएको थियो ।
    काभ्रेमा आज सम्म सक्रिय संक्रमितको संख्या १३९८ पुगेको छ । जसमा महिला ६४० र पुरुष ७५८ रहेका छन् । उनीहरु मध्य ४६ जना अस्पतालको आईसोलेसनमा र १३५२ होम आइसोलेसनमा रहेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार