२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोना नियन्त्रणको लागि जुटे युवाहरु


२५५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ १८, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे। काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्लेममा रहेको तिनपिप्ले युवा क्लका युवाहरु कोरोना नियन्त्रणको कार्यमा जुटेका छन् ।

    क्लवका अध्यक्ष सरोज धितालका अनुसार पाँचखाल नगरपालिका वडा नं ६ ढुंगानाबेसीमा रहेका ३४ संक्रमित परिवारलाई भेट्दै स्वास्थ्य सामाग्रि हस्तान्तरण गरीएको हो ।
    क्लवको अगुवाईमा दाताहरुको सहयोगमा उपलब्ध भएको स्वास्थ्य सामाग्रीहरु मध्य प्रतिव्यक्ति मास्क ५० थान, स्यानिटाईजर १५० मिलि, भिटामिन डि १५ चक्की, भिटामिन सि १० चक्कि, डिटोल सावुन १ थान र कागती ५०० ग्राम उपलब्ध गराएको थियो ।
    युवाहरुको सकारात्मक कार्यको लागि राजेन्द्र चौलागाई, बिष्णु तिमल्सिना, नवीन प्रकाश निरौला र राम लुईटेलले सहयोग गर्नुभएको थियो । कोरोनाको महांमारीलाई नियन्त्रणको लागि युवाहरुको प्रयासले गर्दा संक्रमितहरुलाई हौसला मिलेको एक संक्रमितले वताए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार