२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आज काभ्रेमा ७२ लई कोरोना पुष्टि, सवै भन्दा बडी पाँचखालमा


२६१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ २१, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे जिल्लामा ३८६ जनाले कोरोना जितेका छन् । आज शुक्रबार पिसिआर परिक्षण गर्दा ४६ र एन्टीजेन परिक्षणबाट २६ गरी ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार पिसिआर परिक्षणबाट बनेपा बनेपामा ८ महिला ६ पुरुष, पाँचखालमा १ महिला १ पुरुष, धुलिखेलमा ६ महिला ८ पुरुष, पनौतीमा ३ महिला २ पुरुष, नमोबुद्धमा ३ महिला १ पुरुष, मण्डनदेउपुरमा १ महिला २ पुरुष, बेथानचोकमा १ महिला, चौंरीदेउरालीमा १ पुरुष, रोशीमा १ महिला र तेमालमा १ संक्रमित थपिएका छन् ।

    त्यस्तै एन्टीजेन परिक्षणबाट बनेपामा ४ महिला, पाँचखालमा ११ महिला ७ पुरुष, चौंरीदेउरालीमा १ पुरुष, रोशीमा २ पुरुष र भुम्लुमा १ पुरुषमा कोरोना पुष्टि भएको छ ।

    यससँगै काभ्रेमा संक्रमित संख्या ९५३९ पुगेको छ भने निको भएको संख्या ७५३२ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ८३८ महिला र १०३१ पुरुष गरी १८६९ पुगेको छ । अस्पताल आइसोलेसनमा १०९ जना र होम आईसोलेसनमा १७६० रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार