२०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024

आइसोलेसनलाई भकुण्डेबेसी जेसीजको सहयोग


२७८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ २१, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • भकुण्डेबेशी– कोभिड–१९ को महामारीलाई लक्षित गर्दै नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा सञ्चालित आइसोलेसन केन्द्रका लागि दाताहरुबाट अत्यावश्यक स्वास्थ्य सामग्री प्राप्त हुने क्रम बढ्दै गएको छ । सोही क्रममा भकुण्डेबेसी जेसीज र भकुण्डेबेशी जुनियर जेसीजले आज अत्यावश्यक स्वास्थ्य सामग्रीहरु आइसोलेसन केन्द्रका लागि हस्तान्तरण गरेका छन् ।
    आइसोलेसन केन्द्रका लागि जेसीजले ५० हजार रुपैयाँ बराबरको अत्यावश्यक औषधी, माक्स, पिपिई, अक्सीमिटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आइसोलेसन केन्द्रमा आयोजित कार्यक्रममा भकुण्डेबेशी जेसीज बर्ष २०२१ का अध्यष सुदर्शन चिमौरियाले नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । कार्यक्रममा मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनाल, भकुण्डेबेसी जेसीजका पूर्व अध्यक्षहरु हरिहर अधिकारी, केबी तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनालले सबैको सहयोगमा कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणमा लागिपरेको बताउँदै जेसीजले गरेको सहयोगले थप हौसला मिलेको बताए । मेथिनकोट अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्ने लक्ष्य लिइएको र यसमा सबै पक्षको सहयोग आवश्यक रहेको पनि खनालले बताए । यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले संकटको बेला जेसीजले गरेको सहयोगले कोरोना रोकथाम र नियन्त्रणको अभियानलाई हौसला मिलेको बताए । उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको पनि बताए ।
    नमोबुद्ध नगरपालिका ४ स्थित जनक बहुमुखी क्याम्पसमा नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा ४० बेडको आइसोलेसन केन्द्र सञ्चालन गरिरहेका छन् । केन्द्रमा हाल कोभिड १९ बाट संक्रमित ७ जना बिरामी रहेका छन् । उक्त केन्द्रमा हालसम्म बिरामी भर्ना भएको आइसोलेसन केन्द्रकी इन्चार्ज मथुरा सत्यालले जानकारी दिएकी छन् । सत्यालका अनुसार आइसोलेनि केन्द्रमा हालसम्म ४१ जना कोभिड–१९ बाट संक्रमित बिरामी भर्ना भइसकेका छन् । त्यसमध्ये २८ जना डिस्चार्ज भइसकेका छन् भने ५ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ भने एक जनाको निधन भएको थियो ।आइसोलेसन केन्द्रका लागि यसअघि प्रारम्भ सामाजिक संस्था, आनी छोइङ डोल्मा फाउण्डेसन लगायतका दाताहरुले स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार