२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

काभ्रेमा आज १०२ जनामा संक्रमण पुष्टि


२७५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ २५, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे जिल्लामा २०२ जनाले कोरोना जितेका छन् । आज मंगलबार पिसिआर परिक्षण गर्दा ६२ र एन्टीजेन परिक्षणबाट ४० गरी १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

    काभ्रेका प्रमुख डा. झाका अनुसार पिसिआर परिक्षणबाट बनेपा बनेपामा ७ महिला १५ पुरुष, धुलिखेलमा ५ महिला ११ पुरुष, पाँचखालमा २ महिला २ पुरुष, पनौतीमा १ महिला २ पुरुष, नमोबुद्धमा ६ महिला, मण्डनदेउपुरमा २ महिला ७ पुरुष, रोशीमा १ महिला र बेथाचोकमा १ महिलामा कोरोना पुष्टि भएको छ ।

    त्यस्तै एन्टीजेन परिक्षणबाट बनेपामा १३ महिला १७ पुरुष, पनौतीमा १ पुरुष, भुम्लुमा १ महिला, चौंरीदेउरालीमा १ पुरुष र नमोबुद्धमा ३ महिला ४ पुरुषमा कोरोना पुष्टि भएको छ ।
    यससँगै काभ्रेमा संक्रमित संख्या १००५६ पुगेको छ भने निको भएको संख्या ७८७१ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ८९६ महिला र १०८३ पुरुष गरी १९७९ पुगेको छ । अस्पताल आइसोलेसनमा १२२ जना र होम आईसोलेसनमा १८५७ रहेका छन् ।

    यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा नमोबुद्धका ८३ वर्षिय महिला र बनेपाका ६५ वर्षिय पुरुष रहेको डा. झाले जानकारी दिए । उनीहरु मध्य एकजनाको होम आइसोलसेसनमा र १ जनाको शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

    यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या २०६ पुगेको छ । उनीहरु मध्य १४९ जना काभ्रेका रहेका छन् भने ५७ जना अन्य जिल्लाका रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार