२०८१ कार्तिक २४, शनिबार | Sat, 09, Nov, 2024

पाँचखालमा टोलटोलमै राहत सामाग्री वितरण


२१३० पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ २६, बुधबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं ६ मा टोलटोलमै राहत सामाग्री उपलब्ध गराएको छ ।

    विस्वमा महामारीको रुपमा फैलिएको कोरोनाको कारण निम्न आयस्रोत भएका व्यक्तिहरुलाई विहान बेलुकी छाकटार्न समस्या भएकाहरुका लागि केही सहयोग होस भन्ने उद्देश्यले वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालको पहलमा वडामा रहेका निम्न आयस्रोत भएका २४० घरपरिवारलाई आज (बुधबार) राहत सामाग्री उपलब्ध गराईको हो ।

    वडा अध्यक्ष दुलालको पहलमा काठमाडौमा रहेको अग्रवाल सेवा केन्द्र र उपकार सेवा नेपालले राहत सामाग्री उपलब्ध गराएको थियो । चामल, दाल, मसेउरा, चिनि, चना, तेल, नुन, चियापत्ति, चिउरा, मास्क समेत राहत सामाग्री दाताहरु स्वयंले टोलटोलमा पुगेर वितरण गर्नुभएको थियो ।
    कोरोना संक्रमण फैलन नपाओस साथै राहत लिनको लागि टाडा धाउन नपरोस भन्ने उद्देस्यका साथ वडाका जनप्रतिनिधिहरुको रोहवरमा टोलटोलमा पुगेर वितरण गरिएको थियो ।

    ६ नं वडाका वडा अध्यक्ष रामशरण दुलाल, जनप्रतिनिधिहरु शिवहरी पराजुली, पार्वती ढुंगाना र जमुना वि.कको साथमा दाता संस्थाका प्रतिनिधिहरुले राहत सामाग्री वितरण गर्नुभएको थियो ।
    राहत सामाग्री वितरण कार्य सम्पन्न पश्चात वडा अध्यक्ष दुलाले सहयोगी दाता संस्थाहरुलाई धन्यवाद दिदै भन्नुभयो “कोरोनाको कारण दैनिक मजदुरी गर्ने मजदुर साथै निम्न आयस्रोत भएका वडावासिहरुलाई केही राहत होस भनि राहत सामाग्री उपलब्ध गराउन पहल गरिएको हो । ” वडामा रहेका वडावासिहरु मध्य अत्यन्त निम्न आय भएकाहरुको छनोट गरी राहत सामाग्री उपलब्ध गराएका छौं दुलालले भन्नुभयो।

    राहत वितरण गर्दा कोही छुट्न गएकाहरुको लागि पुन व्यवस्था गर्दै जाने बताउनु भयो । मन्तव्यको क्रममा वडा अध्यक्ष दुलालले अग्रवाल सेवा केन्द्रका अध्यक्ष राजेन्द्र खेतान, उपकार सेवा नेपालका अध्यक्ष राकेश अग्रवाल, समाजसेवी एवं राहत वितरणको लागि हौसला साथै सहयोगी प्रकाश टिवडेवाला लगाएत राहत सामाग्री वितरण कार्यमा उपस्थित रहनुभएका सहयोगी संस्थाका प्रतिनिधिहरु साथै राहत सामाग्री वितरण कार्यमा सहयोग पुर्याउनुहुने स्थानिय युवाहरु र सहभागि जनप्रतिनिधिहरुलाई वडा अध्यक्ष दुलालले धन्यवाद व्यक्त गर्नुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार