२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रहरी र प्रशासनलाई बलराम फार्मेसीको स्वास्थ्य सामाग्री


२३९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ २७, बिहिबार मा प्रकाशित ३ साल अघि
  • प्रदिप केसी
    धुलिखेल . धुलिखेलस्थित बलराम फार्मेसीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
    कोरोना महामारीमा अग्रपंक्तिमा खटिने प्रहरी र प्रशासनका अधिकारीहरुलाई फार्मेसीका सञ्चालक बलराम थापाले माक्स, सेनिटाइजर र औषधी हस्तान्तरण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई १५०० पिस सर्जिकल माक्स, ५ लिटरको सेनिटाइजर, जिंक र भिटामिन सि ५००÷५०० ट्याव्लेट हस्तान्तण गरिएको छ ।
    जिल्ला प्रहरी कार्यालय काभ्रेलाई १ हजार पिस सर्जिकल माक्स, ६ लिटर सेनिटाइजर र केही थान एन–९५ माक्स हस्तान्तरण गरेका थापाले जानकारी दिए । लायन्स क्लव अफ काभ्रे शंखुका कोषाध्यक्ष समेत रहेका थापा विभिन्न सामाजिक काममा सकृय रहदै आएका छन् ।
    कोरोना महामारीको समयमा उनले फ्रन्टलाइनमा खटिनेहरुको लागि स्वास्थ्य सामाग्री सहयोग गर्दै आएका छन् । थापाले नेपाल प्रेस युनियनमार्फत काभ्रेका कृयाशिल सञ्चारकर्मीलाई १ हजार पिस माक्स, ४५ पिस स्यानिटाइजर सहयोग गरेका थिए । उनले काभ्रेका सञ्चारकर्मीलाई फार्मेसीमा औषधी खरिदमा १० प्रतिशत छुटको घोषणा समेत गरेका छन् । थापाले २८ किलोमा रहेको मानव कल्याण समाजमा आश्रितहरुको लागि पनि माक्स, सेनिटाइजर र औषधी सहयोग गरेका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार